काठमाडौं । राष्ट्रपति उम्मेदवारका बारेमा राजनीतिक दलहरु बिच रस्साकस्सी चलिरहेको बेला नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
बिहान ९ बजे बस्ने सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारका बारेमा औपचारिक निर्णय गर्ने बुझिएको छ र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति अनुसार राष्ट्रपति एमालेले पाउनु पर्ने अजेन्डालाई प्राथमिकता राखेर छलफल गर्नेछ ।
बुधवार बिहान एमाले अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्ने र त्यसका लागि उपाध्यक्ष सुबासचन्द्र नेम्बाङ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।
सचिवालयको बैठकको निर्णयसहित दिउँसो ओलीले र प्रधानमन्त्री प्रचण्डसँग छलफल हुने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ फागुन २०७९, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक
एमाले प्रतिनिधि परिषद बैठक: प्रतिवेदनमाथि सामुहिक छलफल गरिदै
एमाले महाधिवेसन प्रतिनिधि परिषद बैठक जारी रहने
नयाँ सत्ता समीकरणबारे ओलीको राजनीतिक प्रतिवेदनमा के छ ?
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार भन्दा बढी सहभागी हुदै
एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पुरा, २ हजार ५५४ जना सहभागी हुने