काठमाडौं । नेकपा एमालेले शनिबार सचिवालय बैठक बोलाएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न एमालेले सचिवालय बैठक बोलाएको हो । राष्ट्रपति पदको निर्वाचनका लागि यहि फागुन १३ गते शनिबार मनोनयन दर्ता गर्नु अघि सचिवालय बैठक बोलाइएको उपमहासचिव विष्णु रिमालले बताए । राष्ट्रपति निर्वाचनसहित पछिल्लो विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए ।
फागुन १३ गते दिउँसो राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले सार्वजनिक गरेको छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । एमालेको यो बैठकले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार पनि तय गर्ने भएको छ ।
एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ । गत पुस १० को सहमति अनुसार वर्तमान सत्ता गठबन्धनबाट राष्ट्रपति पद आफूले पाउनुपर्ने एमालेको दावी छ । तर पुस २६ मा नेपाली कांग्रेसले विश्वासको मत दिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रिय सहमतिको पक्षमा उभिएका छन ।
अहिले कांग्रेसले राष्ट्रपति पद लिने गरी प्रधानमन्त्री दाहाललाई पुस १० मा विघटन भएको पाँच दलीय गठबन्धनमा फर्काउने अन्तिम प्रयास गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले ‘विघ्नबाधा’ ल्याए प्रतिवाद गर्छौं: एमाले
एमाले सचिवालय बैठकले गर्यो ६ निर्णय
विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको आग्रह
एमाले नेतृत्वलाई पुष्पगुच्छा उपहार
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
बादलको अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष पौडेलले जनाए आपत्ति