काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बंगलादेश प्रस्थान गरेका छन् । बिहीबार मध्यान्ह बंगलादेश एयरलाइन्समार्फत उनी ढाका प्रस्थान गरेका हुन् ।
सार्क हुमेन राइट्स फाउन्टेसनको आयोजनमा हुन गइरहेको अन्तराष्ट्रिय मापदण्डको बंलादेशमा मानव अधिकारको अवस्था नामक सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन खनाल त्यसतर्फ गएका हुन् । खनालसहित उनकी श्रीमती रविलक्ष्मी चित्रकार, पार्टी विदेश विभाग सचिव डा.शंकर खतिवडा, केन्द्रीय सदस्य ताज मुहम्मद मिँया गएका छन् ।
खनालले शुक्रबार बंलादेशकी प्रधानमन्त्री शेख हसिनासँग समेत शिष्टाचार भेटघाट गर्ने कार्यतालिका बनाएको छ । खनाल गतसाता मात्रै भारत भ्रमण गरेर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी हामीभित्रै छ : झलनाथ खनाल
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल