काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बंगलादेश प्रस्थान गरेका छन् । बिहीबार मध्यान्ह बंगलादेश एयरलाइन्समार्फत उनी ढाका प्रस्थान गरेका हुन् ।
सार्क हुमेन राइट्स फाउन्टेसनको आयोजनमा हुन गइरहेको अन्तराष्ट्रिय मापदण्डको बंलादेशमा मानव अधिकारको अवस्था नामक सम्मेलनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन खनाल त्यसतर्फ गएका हुन् । खनालसहित उनकी श्रीमती रविलक्ष्मी चित्रकार, पार्टी विदेश विभाग सचिव डा.शंकर खतिवडा, केन्द्रीय सदस्य ताज मुहम्मद मिँया गएका छन् ।
खनालले शुक्रबार बंलादेशकी प्रधानमन्त्री शेख हसिनासँग समेत शिष्टाचार भेटघाट गर्ने कार्यतालिका बनाएको छ । खनाल गतसाता मात्रै भारत भ्रमण गरेर फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा