ओढारमा लुकाइराखेको ५ थान भरुवा बन्दुक बरामद

सफल खबर संवाददाता

विहीबार, ११ फागुन २०७९, ११ : ५३
ओढारमा लुकाइराखेको ५ थान भरुवा बन्दुक बरामद

फाईल तस्वीर

सुर्खेत । सुर्खेतको लेकबेँसी नगरपालिकाको खल्टाकुरा ओढारमा लुकाइराखेको अवस्थामा ५ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

प्रहरी टोलीले ग्रामीण गस्ती गर्ने क्रममा ओढारमुनि बेवारिसे बन्दुक फेला पारेका हुन्। 

जंगलको ढुङ्गाको ओढारमुनि बेवारिसे अवस्थामा लुकाइछिपाइ राखेको ५ नाल भरुवा बन्दुकको खाली नाल फेला परेको र उक्त भरुवा बन्दुक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस