संखुवासभा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वायुसेवा निगम ईतिहासकै चरम संकटमा गुज्रिएको बताएका छन ।
उनले वायुसेवा निगमको उन्नति र विकास गर्नु पर्ने बताउनुभयो । संखुवासभाको तुम्लिङटारमा आज सञ्चारकर्मीसँग कुरा गदै मन्त्री किराँतीले वायुसेवा निगमको उन्नति र विकास विना निजी क्षेत्रको भाडादरको एकाधिकार नघटने समेत बताए।
मन्त्री किराँतीले प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको नेपालको आर्थिक विकासको मेरुदण्ड पर्यटन भएको र पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए। मन्त्री किराँतीले अब बन्ने राष्ट्रपति राष्ट्रिय सहमतिको आधारमा चयन हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० फागुन २०७९, २० : २८
लेखकबाट थप