डीआईजी अशोक सिंहले दिए राजीनामा

सफल खबर संवाददाता

बुधबार, १० फागुन २०७९, १४ : ५९
डीआईजी अशोक सिंहले दिए राजीनामा

काठमाडौँ । नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा बुझाएका छन् । डीआईजी सिंहले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् । डीआईजी सिंहको उमेर विवादका कारण राजीनामा दिएका हुन् । २०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ । 

शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख छ ।  सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया दिनुहोस