एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब लिभरपुललाई ५-२ गोलले हराएको छ। खेलमा लिभरपुलले सुरुवाती १४ मिनेटमा दुई गोल गरे पनि त्यसपछि पाँच गोल खाएको थियो।
लिभरपुलका लागि चौथो मिनेटमा नुनेज र १४ मिनेटमा सलाहले गोल गरेका थिए। रियलका भिनिसियस जुनियरल २१ मिनेटमा गोल फर्काउँदा उनले ३६ मिनेटमा बराबरी गोल गर्न सफल भए।
पहिलो हाफ २-२ गोलको बराबरीमा सकिँदा दोस्रो हाफमा रियलले थप तीन गोल गर्यो। दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै मिलिटाओले गोल गर्दै रियललाई अग्रता दिलाए।
त्यसपछि करिम बेन्जिमाले दुई गोल गर्न सफल भए। बेन्जिमाले ५५ र ६७ मिनेटमा गरी दुई गोल गर्दा रियल ५-२ ले अघि बढेको थियो। घरेलु मैदान एनफिल्डमा पराजित भएपछि लिभरपुलले च्याम्पियन्स लिगको यात्रा कठिन भएको छ।
लिगको अर्को खेलमा फ्रान्कफन्टलाई नापोलीले २(० गोललले पराजित गरेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० फागुन २०७९, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याम्पियन्स लिगमा लिभरपुलको रोमाञ्चक जित
च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो
इङ्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि लिभरपुलको शानदार जित