दुधको  मूूल्य  बढाउने तयारी

सफल खबर संवाददाता

बुधबार, १० फागुन २०७९, ०८ : ५८
दुधको  मूूल्य  बढाउने तयारी

काठमाडौं । किसानले  उत्पादन  गरेको दुधको  मूूल्य  बढाउने तयारी गरिएको छ । राष्ट्रिय दुुग्ध विकास बोर्डले किसानको लागत मूल्य बढेको र उद्योगीको सञ्चालन खर्च बढेका कारण देखाउँदै प्रतिलिटर १० रुपियाँ मूूल्य बढाउने प्रस्ताव गरेको हो । 

बोर्डका कार्यकारी निर्देशकको अध्यक्षतामा, उद्योगी   व्यवसायी,   किसान   प्रनिनिधि,   दुुग्ध   विकास  संस्थान,  पशुुसेवा  विभाग  र  उपभोक्ताका  प्रतिनिधिसहितको  कमिटीले  वैज्ञानिक  तवरले  अध्ययन गरेर मूल्य बढाउन सिफारिस गरेको हो ।

बोर्डका  प्रमुख  कार्यकारी  अधिकृत  डा.  राजेन्द्रप्रसाद यादवले कमिटीले गरेको अध्ययनले ब्याजदर,  इन्धनमा  भएको  मूल्यवृद्धि  र  दाना  चोकरको मूल्यका कारण किसानहरू नोक्सानीमा गएको देखिएकाले मूूल्य बढाउन प्रस्ताव गरिएको जानकारी दिए । 

वैज्ञानिक किसिमले अध्ययन गरेर  दूधको  मूूल्य  प्रतिलिटर  १०  रुपियाँ  मूूल्य  बढाउन  कृषि  तथा  पशुुपन्छी  विकास  मन्त्रालयमा  प्रस्ताव पेस गरिएको उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस