भरतपुर महानगरपालिका सबै जात जातिको साझा थलो हो : उप प्रमुख अधिकारी

सफल खबर संवाददाता

मंगलबार, ०९ फागुन २०७९, १४ : ४७
भरतपुर महानगरपालिका सबै जात जातिको साझा थलो हो : उप प्रमुख अधिकारी

चितवन । भरतपुर महानगरपालिकाका नगर उप प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका सबै जात जातिको साझा थलो भएको बताएका छन । भरतपुरमा सबै जात जाती, धर्म सस्कृती र रितिरिवाज भएका समुदायका मानिसहरुको बसोबास छ, त्यसैले भरतपुर सबैको साझा फुलबारी हो उप प्रमुख अधिकारीले भने । 

नेवा देय दबु चितवनको गुठि, समाज, खलस् पुचस्हरुको अन्तरक्रिया कार्यक्रमलाई आज भरतपुरमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले सयपत्रि फुलको मालामा जस्तै भरतपुरमा धेरै समुदायका मानिसहरुको बसोबास रहदै आएको प्रष्ट पारे । भरतपुर महानगरपालिकाले सबै समुदायका मानिसहरूलाई एक सिक्काको दुई पाटाका रुपमा स्थापित गराउन सफल भएको बताउदै चितवन जिल्ला साच्चिकै ७८ औ जिल्लाको रुपमा परिचित भएको समेत टिप्पणी गरे । भरतपुर महानगर त्यस्तो एक मात्र महानगरपालिका हो जसमा ७७ जिल्लाका सबै समुदायका मानिसहरुको बसोबास रहेको छ उप प्रमुखले भने ,त्यसैले हाम्रो महानगर देशकै ६ वटा महानगर मध्येमा भाग्यमानी र विकसित छ । 
यो देशको मुल ढुकुटी अझै पनि नेवार समुदायको हातमा रहेको उल्लेख गर्दै उनले आफ्नो अधिकार प्राप्तिका लागी सधै तल्लीन भएर लाग्न नेवार समुदाय लाई आग्रह पनि गरे । 

अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकाश बक्ताहरुले नेवारी भाषा, कला र सस्कृतिको सरक्षण गर्नु पर्नेमा जोड दिएका छन । कार्यक्रममा भरतपुर १२ का अध्यक्ष लेखराज पन्त हरि,नेवा देय दबु केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल श्रेष्ठ,सदस्य हरि कुमार श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए।
 

प्रतिक्रिया दिनुहोस