स्वास्थ्य सेवाको पहुँच सबै नेपालीसम्म पुग्नु आवश्यक छ : राष्ट्रपति भण्डारी

सफल खबर संवाददाता

मंगलबार, ०९ फागुन २०७९, १४ : १३
स्वास्थ्य सेवाको पहुँच सबै नेपालीसम्म पुग्नु आवश्यक छ : राष्ट्रपति भण्डारी

हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यको पहुँच सबै नेपालीसम्म पुग्न आवश्यक रहेको बताएकी छन् । आज (मंगलबार) हेटौंडा अस्पतालको उद्घाटनका क्रममा मन्तव्य राख्दै राष्ट्रपति भण्डारीले संघीय अवधारण अनुरुप मुलुकका सबै प्रदेशहरुलाई सुविधा सम्पन्न गराउनुपर्ने आजको आवश्यकता रहेको बताएकी हुन् । यसैअनुरुप बागमती प्रदेशका अस्पतालहरुलाई स्तोरउन्नोतीको साथ स्वास्थ्य सेवा चुस्तदुरुस्त बनाउनुपर्ने उनकाे भनाइ छ ।

राष्ट्रपति भण्डारीले नेपालको औद्योगिक क्षेत्रको रूपमा रहेको प्रदेशको राजधानीमा, स्थापित यो प्रतिष्ठानले जनतालाई माया गर्ने स्वास्थकर्मी उत्पादन गर्न सक्दामात्रै र स्वास्थ अनुसन्धानको क्षेत्रमा काम गर्दा मात्रै जननेता मदन भण्डारीको नाममा स्थापित यस प्रतिष्ठानको उद्देश्य सार्थक हुने उनले बताइन् ।

बागमती सरकारबाट ऐन निर्माण भएर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको प्रति राष्ट्रपति भण्डारीले धन्यवाद व्यक्त गरिन् । ४० करोड लगानीमा निर्माण भएको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालको नवनिर्मित भवनको राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस