पीएसजीको संघर्षपूर्ण जित

एजेन्सी

सोमबार, ०८ फागुन २०७९, ०७ : ०९
पीएसजीको संघर्षपूर्ण जित

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत लिलेविरुद्धको खेलमा पीएसजीले रोमाञ्चक जित निकालेको छ । आइतबार राती सम्पन्न खेलमा पिएसजीले लिलेलाई ४–३ गोल अन्तरले हराएको हो । पीएसजीको जितमा किलियन एम्बाप्पेले दुई तथा नेइमार र लियोनल मेस्सीले एक–एक गोल गरे ।

पिएसजीको जितमा लियोनेल मेसीले खेलको ९५औं मिनेटमा गोल गर्दै रोमाञ्चक जित दिलाएका थिए । मेसीले डी-बक्स बाहिरबाट फ्री-किक मार्फत सुन्दर गोल गरेका थिए ।

यस अघि किलियन एम्बाप्पेले खेलको ८७औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । यस खेलमा एम्बाप्पेले दुई गोल गरेका थिए । उनले खेलको ११औं मिनेटमा नेइमारको असिस्टमा गोल गरेका थिए । त्यस्तै पिएसजीका लागि अर्को गोल नेइमारले गरेका थिए ।

यस्तै लिलेका लागि बाफोड डियाकाइट, जोनाथन डेभिड र जोनाथन बाम्बाले एक एक गोल गरेका थिए ।जितसँगै पिएसजी २४ खेलमा ५७ अंकसहित शीर्ष स्थानमा यथावत छ । भने लिलेको २४ खेलमा ४१ अंक छ । लिले लिगमा पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस