काठमाडौं । मेडिकल व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले नेकपा एमाले पार्टी परित्याग गरेको बताएका छन् । पूर्वराज परिवारलाई साथमा लिएर महाअभियानमा हिँडेका उनलाई एमालेले कारबाही गरेपछि प्रसाईंले एमाले परित्याग गरेको बताएका हुन् ।
प्रसाई महाअभियानमा हिँडेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबारका लागि सिफारिस गरेको थियो । तर, पार्टीले कारबाहीको सिफारिस अघि नबढाउँदै आफू एमालेबाट अलग भएको प्रसाईंले बताएका छन् ।
प्रसाईंले आज (आइतबार) नै एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । २०७८ मंसिर २६ मा प्रसाईं एमालेको केन्द्रीय सदस्य बनेका थिए । एमालेमा आउनुअघि प्रसाईं नेकपा माओवादी अध्यक्ष प्रचण्डनिकट थिए ।
पछि एमाले र माओवादी मिलेर नेकपा डबल हुँदा प्रसाई एमालेतिर लागेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ फागुन २०७९, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ