काठमाडौं । मेडिकल व्यवसायीसमेत रहेका एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंले नेकपा एमाले पार्टी परित्याग गरेको बताएका छन् । पूर्वराज परिवारलाई साथमा लिएर महाअभियानमा हिँडेका उनलाई एमालेले कारबाही गरेपछि प्रसाईंले एमाले परित्याग गरेको बताएका हुन् ।
प्रसाई महाअभियानमा हिँडेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबारका लागि सिफारिस गरेको थियो । तर, पार्टीले कारबाहीको सिफारिस अघि नबढाउँदै आफू एमालेबाट अलग भएको प्रसाईंले बताएका छन् ।
प्रसाईंले आज (आइतबार) नै एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । २०७८ मंसिर २६ मा प्रसाईं एमालेको केन्द्रीय सदस्य बनेका थिए । एमालेमा आउनुअघि प्रसाईं नेकपा माओवादी अध्यक्ष प्रचण्डनिकट थिए ।
पछि एमाले र माओवादी मिलेर नेकपा डबल हुँदा प्रसाई एमालेतिर लागेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ फागुन २०७९, १८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री भेट्न सुरक्षा दस्तासहित सिंहदरबार पुगे दुर्गा प्रसाईँ
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ : दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै
दुर्गा प्रसाईंको अभियानले फिर्ता लियो अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम