काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा स्पष्ट र दृढ रहेको बताएका छनआइतबार राष्ट्रिय समाचार समिति (रासस) को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए।
उनले २१ औं शताब्दीको विश्वमा सूचना प्रविधि प्रत्येक मानिसको सरोकारको विषय मात्रै नभएर एउटा अनिवार्य र अपरिहार्य विषय बनेको उल्लेख गरे। उनले विश्वमा भइरहेको सूचना र प्रविधिको विकासलाई मध्यनजर गरी नेपालका सञ्चारमाध्यमले पनि सञ्चार माध्यमहरुलाई समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक गर्न आवश्यक रहेको बताए ।
प्रधानमन्त्री दाहालले सञ्चारमाध्यमले आफ्ना सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताए । उनले कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नुभएको उल्लेख गर्दै लोकतान्त्रिक शासन प्रणाली भए मात्रै प्रेस स्वतन्त्रता सम्भव रहेको बताए ।
प्रधानमन्त्री दाहालले पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको विकासालई लिएर चौथो औद्योगिक क्रान्तिको रुपमा संश्लेषण गर्न थालेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ फागुन २०७९, १६ : ०६
लेखकबाट थप