एजेन्सी । चार जना सवार एउटा सानो विमान मध्य फिलिपिन्समा दुर्घटना भएको छ । उद्धारकर्मीहरूले उनीहरूको खोजी गरिरहेका नागरिक उड्डयन कार्यालयका एक अधिकारीले बताएका छन् ।
नागरिक उड्डयन कार्यालयका अनुसार विमान चालक, चालक दलका अर्का एक सदस्य र दुई जना यात्री विमानमा सवार थिए । सेस्ना ३४० विमान राजधानीको दक्षिणमा अवस्थित बिकोल अन्तर्राष्ट्रिय विमानस्थलबाट मनिलाका लागि उडेको केही समयपछि शनिबार बिहानदेखि वेपत्ता भएको थियो ।
स्थानीय खोज तथा उद्धार टोलीले विमानस्थल नजिकै सम्भावित दुर्घटनास्थल पहिचान गरेको नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अपोलोनियोले एएफपीलाई बताएका छन् । प्रतिकूल मौसमका कारण खोजीमा कठिनाइ भएको छ । फिलिपिन्सको उत्तरी प्रान्त इसाबेलामा सेस्ना विमान दुर्घटना भएको एक महिनाभन्दा कम समयमा फेरि यो अर्को विमान दुर्घटना भएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०७ फागुन २०७९, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिलिपिन्समा ताइफु आँधीका कारण २२ को मृत्यु
फिलिपिन्समा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
फिलिपिन्समा पहिरोः ५ जनाको मृत्यु, ४५ को सकुशल उद्धार
फिलिपिन्समा बस भीरबाट खस्दा २९ जनाको मृत्यु
ऊर्जा सङ्कटमा परेको फिलिपिन्समा अमेरिकाले आणविक लगानीको बाटो खोल्यो