काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपालमा हरेक दिन २० वटा भन्दा बढी मानव अधिकार उल्लंघनका घटना भइरहेको तथ्यांक सार्वजनिक गरेको छ ।इन्सेकले आइतबार सार्वजनिक गरेको स्न २०२२ को मानवअधिकार वर्ष पुस्तक अनुसार, नेपालमा हरेक दिन २० वटा मानव अधिकार उल्लंघनका घटना भइरहेका छन् ।
इन्सेकले सन् २०२२ मा नेपालमा कुल ७ हजार ३७६ वटा मानव अधिकार उल्लंघनका घटना भएको विवरण सार्वजनिक गरेको हो । इन्सेकका अनुसार, यो एक वर्षमा ३२३ को हत्या भएको छ भने २ जना बेपत्ता पारिएका छन् ।
३५ जना अपहरणमा परेको, ८१ जना गिरफ्तार भएको र ४४८ जनामाथि कुटपिट भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । कारागारमा ५३ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ फागुन २०७९, १३ : १६
लेखकबाट थप