लिभरपुलले जित्दा सिटीको बराबरी, चेल्सी पराजित

सफल खबर संवाददाता

आइतबार, ०७ फागुन २०७९, ०८ : २९
लिभरपुलले जित्दा सिटीको बराबरी, चेल्सी पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा शनिबार राति बलिया दाबेदार टिमहरू खराब प्रदर्शनको सिकार भएका छन्। प्रतियोगितामा लिभरपुलले न्युक्यासललाई पराजित गर्दा उपाधि दाबेदार सिटी भने नोटिङघम फरेस्टसँग बराबरीमा रोकिँदै शीर्ष स्थानमा पुग्न अवसरबाट बञ्चित भयो। त्यस्तै, चेल्सी भने साउथहेम्टनसँग पराजित भयो।

शनिबार नाटकीय जितसँगै शीर्ष स्थानमा पुगेको आर्सनललाई पुनस् पछि पार्ने राम्रो मौका सिटीले गुमायो। अधिकासं समय खेल आफ्नो नियन्त्रणका बाबजुत गोल गर्न असफल भएको सिटीले पहिलो हाफको अन्तिम समयमा बर्नान्डो सिल्भाले अग्रता दिलाएका थिए। ४१ औँ मिनेटमा ज्याक ग्रिलिसको पासलाई सिल्भाले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए।

तर नोटिङघमले सिटी विरुद्धको एकमात्र सर्ट अन टार्गेट प्रहारलाई गोलमा परिणत गर्दा ८४ औँ मिनेटमा सिटी बराबरीमा पुगेको थियो। त्यसपछि थप गोल हुन नसक्दा सिटी सिजनको चौथो बराबरी भोग्न बाध्य भयो। उसको २४ खेलबाट ५२ अङ्क रहेको छ। शीर्ष स्थानको आर्सनलको २३ खेलबाट ५४ अङ्क छ।

त्यस्तै चौथो स्थानको न्युक्यासललाई पराजित गर्दै लभरपुलले ब्राइटन समान ३५ अङ्क बनाएको छ। लिभरपुल आठौँ स्थानमा कायम छ। लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले समान १(१ गोल गरे। जितसँगै शीर्ष चारमा रहेर लिग समापन गर्ने लक्ष्यमा रहेको लिभरपुलले केहि राहत महसुस गरेको छ।

चेल्सी भने जनवरीमा कीर्तिमानी ट्रान्सफरका बाबजुत लगातारको खराव प्रदर्शनबाट उठ्न सकेको छैन। प्रशिक्षक ग्राहम पोटरले खराव प्रदर्शन सुधार्न सकेका छैनन्।

प्रिमियर लिगको पुछारमा रहेको साउथहेम्टनले लगातार तीन हारपछि पहिलो जित निकाल्यो। उसका लागि वार्ड प्रोउजले आकर्षक फ्रिकिकमार्फत् पहिलो हाफको इन्जुरी समयमा सानदार गोल गर्दा अप्रत्यासित जित हासिल गर्न साउथहेम्टन सफल भयो। जितपछि पनि २३ खेलबाट १८ अङ्कका साथ साउथहेम्टन पुछारमा रहेको छ। २३ खेलबाट ३१ अङ्कका साथ चेल्सी १० औँ स्थानमा कायम छ।

प्रतिक्रिया दिनुहोस