पाँचथर । पाँचथरमा भीरबाट लड्दा बृद्धको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका– ७ स्थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लिम्बूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईका अनुसार श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीसहित पाँचथर ससुराली घर आउने क्रममा गत माघ २९ गते भीरबाट लडेर उनको निधन भएको हो । भीरबाट लडेका हस्तबहादुरको मंगलबार मात्रै शव भेटिएको हो ।
प्रहरी चौकी खान्द्रोङबाट खटेका प्रहरी र स्थानीयले खोजी गर्दा भीरबाट लडेका हस्तबहादुरलाई शव फेला पारेको हो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरि शवलाई आफान्तजनलाई जिम्मा लगाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु