पाँचथर । पाँचथरमा भीरबाट लड्दा बृद्धको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका– ७ स्थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लिम्बूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईका अनुसार श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीसहित पाँचथर ससुराली घर आउने क्रममा गत माघ २९ गते भीरबाट लडेर उनको निधन भएको हो । भीरबाट लडेका हस्तबहादुरको मंगलबार मात्रै शव भेटिएको हो ।
प्रहरी चौकी खान्द्रोङबाट खटेका प्रहरी र स्थानीयले खोजी गर्दा भीरबाट लडेका हस्तबहादुरलाई शव फेला पारेको हो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरि शवलाई आफान्तजनलाई जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु