काठमाडौं । प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद बनाउने शक्ति क्रियाशील रहेको बताएका छन् । काठमाडौंमा मंगलबारबाट सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले देश बर्बाद बनाउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको बताएका हुन् ।
पाँच दलीय गठबन्धन भत्काइएकोमा खुसी नहुन कार्यकर्तालाई आग्रह गरेका उनले संसदको बनावट अस्थिरता निम्त्याउने खालको रहेकाले अहिलेको अवस्था परिवर्तन हुन सक्ने संकेत व्यक्त गरे ।
देश बनाउने विषय सोझो रेखामा राजनीति नहिँड्ने भन्दै उनको भनाइ छ । ‘देश बनाउने भनेको कुरो, सोझो रेखामा राजनीति जाँदैन । हामीले अनेकौँ उत्तरचढाप देखेका छौँ, फेरि पनि आउँछन् उत्तरचढाप आउँछ,’ अध्यक्ष ओलीले भने, ‘अहिले साथीहरु काफी प्रसन्न भएको देख्छु । हामीले पाँच दलीय गठबन्धन तोडेर अर्काे एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा हो। कथंकदाचित यो अवस्था फेरियो भने, संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । संसदमा हाम्रो बहुमत छैन । अनेक प्रकारका, भित्रका, बाहिरका शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशील छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ फागुन २०७९, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन