आन्दोलनरत यातायात मजदुरले जलाए प्रहरी भ्यान

सफल खबर संवाददाता

सोमबार, ०१ फागुन २०७९, १८ : ४५
आन्दोलनरत यातायात मजदुरले जलाए प्रहरी भ्यान

काठमाडौं । ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनी गरेका छन् ।

बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरी भ्यानमा आगजनी गरेका हुन् । अन्दोलनकारीहरुले मुल सडकमै प्रहरीको एउटा गाडी जलाएका छन् भने अर्को एउटा गाडी तोडफोड गरेर सडकमै लडाइदिएका छन् । प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस