पररष्ट्रमन्त्रीसँग विभिन्न देशका राजदूतको शिष्टाचार भेट

सफल खबर संवाददाता

सोमबार, ०१ फागुन २०७९, १४ : ५१
पररष्ट्रमन्त्रीसँग विभिन्न देशका राजदूतको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत सुङ्ग मिन जङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । आज मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।

यस अवसरमा पररष्ट्रमन्त्री पौड्यालले गणतन्त्र कोरिया र नेपालबीचको घनिष्ट सम्बन्ध रहेका शिक्षा, स्वास्थ्य, पर्यटन, बौद्ध दर्शन र सास्कृतिका आदानप्रदान लगायतका क्षेत्रमा सहकार्य अघि बढाउन आग्रह कोरियन सरकारलाई गरिन् ।

भेटवार्तामा राजदूत सुङ्गले इपीएस अन्तर्गत १५ हजार भन्दा बढी नेपाली कोरियामा रोजगारीमा रहेको उल्लेख गर्दै नेपालीको परिश्रमबाट कोरियन सरकार प्रभावित रहेको बताए । उनले परराष्ट्रमन्त्री पौड्याललाई कोरियन लगानीकर्ता नेपालमा थप लगानी गर्न इच्छुक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस