काठमाडौ । आज देशका पहाडी भू-भागमा मौसम आंशिक बदली रहनेछ। बाँकी भू-भागमा भने सामान्यत: सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले बिहान प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा छ। तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरो लागेको छ। यो क्रम मध्यान्न पछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ।
हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भोलि (मंगलबार) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।
बुधबार दिउँसो प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ ।
राति भने प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने महाशाखाले जनाएको छ।
तराई भू-भागमा लागेको हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ फागुन २०७९, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना