काठमाडौं । विराटनगर भन्सार कार्यालय (आईसिपी) छेउमा सवारी दुर्घटनामा परी गएराति झापा मेचीनगरपालिका १३ चारआलिका ४५ वर्षीय राजन गिरीको मृत्यु भएको छ।
उनी आईसिपीमा सुरक्षा गार्डको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। सुनसरीको इटहरी ९ मा रहेको सुदर्शन सेक्युरिटी सर्भिस प्रालिमा कार्यरत गिरी चढेको मे १० प ९१६१ नम्बरको स्कुटरलाई भारतीय नम्बर प्लेटको एनएल ०२ जी ८९५२ नम्बरको लहरीले ठक्कर दिएको थियो।
भारतीय नम्बर प्लेटको गाडीले ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए। ठक्कर दिने चालक फरार छन्। फरार चालकको खोजी कार्य प्रहरीले तीव्र बनाएको छ।
अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक महेन्द्र दर्लामीको नेतृत्वमा प्रहरी परिचालन भएको छ। मृतकको शव अहिले पोस्टमार्टको लागि विराटनगरस्थित कोसी अस्पतालमा राखेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ माघ २०७९, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पौडी सिक्न गएका बालकको डुबेर मृत्यु
माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु
खोलामा डुबेर दुई बालकको मृत्यु
ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु