सेप्टिक ट्याङ्कीमा खसेको गैँडाको उद्धार

सफल खबर संवाददाता

शनिबार, २८ माघ २०७९, १४ : १६
सेप्टिक ट्याङ्कीमा खसेको  गैँडाको उद्धार

चितवन । आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टिक ट्याङ्कीमा खसेको थियो । शनिबार बिहान २ बजे फसेको सो गैँडालाई बिहान ४ बजे उद्धार गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

स्काभेटरको प्रयोग गरेर घाउचोट लाग्न नदिई गैँडाको उद्धार गरिएको उनले बताए । अन्दाजी १६ वर्षको सो गैँडालाई निकुञ्जले दुई वर्षअघि मेघौलीबाट उद्धार गरी ल्याएको थियो । सो गैँडा हरेक रात आहारको खोजीमा बस्ती प्रवेश गर्ने गरेको छ । राप्ती नदीतर्फबाट बस्ती छिर्न खोज्दा गैँडा सेफ्टीट्याङ्कीमा फसेको हो ।

प्रतिक्रिया दिनुहोस