काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले चिकित्सकमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।राप्रसा संसदीय दलको प्रमुख सचेतकसमेत रहेका शाहीले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति राष्ट्रपतिले चिकित्सकसँग क्षमा माग्नुपर्ने समेत बताएका छन्
शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी वानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटो हिडेको भन्दै ट्रमा सेन्टरका चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको थियो ।
प्रहरीले डाक्टरमाथि निर्घात कुटपिट गरि सिकिस्त बनाएको घटना आफू मर्माहित भएको शाहीले विज्ञप्तिमा बताएका छन् ।प्रजातान्त्रिक मुलुकमा बाटोमा हिँडेका आमानागरिकलाई कुटपिट गर्नु र त्यसमाथि अति संवेदनशील मानिएका चिकित्सकलाई नै कुटपिट गर्नु यो घोर आपतीजन्य निन्दनिय भएको उनले बताएका छन् ।
‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ति दिएर गरेको सम्मानको के अर्थ के ? हामी नै सर्वेसर्वा हो भन्ने दम्भको अब अब अन्त्य हुन जरुरी छ,’ उनले भनेका छन्, ‘चिकित्सक माथिको कुटपिट तथा अपमानको घोर निन्दा र भत्सर्ना गर्दछु।’
नेपाल चिकित्सक संघले डाक्टरमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही नगरे आजबाट आन्दोलन गर्ने चेतावनी दिएको छ । उसले २४ अल्टिमेटम दिँदै आजसम्ममा कुटपिट गर्ने प्रहरीलाई कारवाही नगरिए आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ माघ २०७९, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाले ज्ञानेन्द्र शाहीको कमाण्डमा मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने
सभामुखलाई ज्ञानेन्द्र शाहीको ८ बुँदे सुझाव
प्रधानमन्त्री परिवर्तनले मात्रै जनताको जीवनस्तर सुधार हुँदैन : ज्ञानेन्द्र शाही
अब सञ्चारमन्त्रीलाई जनताले हराउँछन् : ज्ञानेन्द्र शाही
ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’