काठमाडौँ । एमालेका उपमहासचिव योगेश भट्टराईले आफूलाई विवादको पात्रका रूपमा खडा गर्न खोजिएको बताएका छन् ।
आज एक कार्यक्रममा बोल्दै उनले तर आफूबाट त्यस्तो अपेक्षा नगर्न आग्रह गरे ।
पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी भएपनि अन्य दलहरूसँगको प्रतिस्पर्धामा एमाले एक भएको उनले बताए । फागुन २१ गते हुने निर्वाचनमा एमाले एक ढिक्का भएर लड्ने उनको भनाई छ ।
‘कतिपय मानिसहरूले एमालेमा विमति खडा गर्ने कोसिस गरिरहेका छन् । त्यसको एउटा पात्र मलाई बनाउँछन् ओलीविरुद्ध केही बोल्छ कि भनेर खोज्दै हिँड्छन्,’ उनले भने, ‘पार्टीभित्रको संघर्षमा हामी प्रतिस्पर्धी हौँ । तर, अन्य दलहरूसँगको प्रतिस्पर्धामा एमाले एक छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ माघ २०८२, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई
हामीले उठाएका मुद्दा निकट भविष्यमै अनुमोदन हुनेछन् : योगेश भट्टराई