काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रअनुसार प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले सातै प्रदेश समेटिने गरी नमूना उपलब्ध गराएको हो।
आयोगका अनुसार एउटै निर्वाचन क्षेत्र भएका जिल्ला र एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाका लागि फरक-फरक ढाँचाका मतपत्र तयार गरिएको छ। ती नमूना मतपत्र मतदाता शिक्षाका कार्यक्रमहरूमा प्रयोग गरिने उद्देश्य राखिएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारको सङ्ख्यालाई आधार मानी मतपत्रको स्वरूप निर्धारण गरिएको जानकारी दिए। उनका अनुसार उम्मेदवारको सङ्ख्या बढी रहेका क्षेत्रमा मतपत्रको आकार तुलनात्मक रूपमा ठुलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो आकारको मतपत्र छापिएको छ।
कर्णाली प्रदेशमा सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा एक–एक निर्वाचन क्षेत्र रहेका छन् भने दैलेख र सुर्खेतमा दुई-दुई निर्वाचन क्षेत्र कायम छन्। ती सबै जिल्लाका मतपत्रका नमूना आयोगले सार्वजनिक गरेको जनाएको छ।
यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एक मात्र निर्वाचन क्षेत्र रहेको छ। अछाममा दुई, कञ्चनपुरमा तीन तथा कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन्, जसअन्तर्गत सबै क्षेत्रका नमूना मतपत्र सार्वजनिक गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०८२, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदान स्थलबाट मतपत्र हराएपछि मतदान स्थगित
७५ जिल्लामा पुग्यो निर्वाचन सामग्री र मतपत्र
हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री
मतपत्र छपाइ अन्तिम चरणमा
प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी
छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र