अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्नुपर्छः राष्ट्रपति भण्डारी

सफल खबर संवाददाता

शुक्रबार, २७ माघ २०७९, १६ : ०७
अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्नुपर्छः राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्न आवश्यक रहेको बताएकी छन् ।

सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताइन् ।

उनले अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादन वृद्धिका लागि समन्वयात्मक रुपमा काम गर्नुपर्ने खाँचो औँल्याइन् ।

प्रतिक्रिया दिनुहोस