काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिका–५ मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
टेटाबाट सिम्रौनगढ बजारतर्फ जाँदै गरेको ना१प ६८८८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना १८ प ५१४१ नम्बरको मोटरसाइकल हिजो साँझ करिब ६ बजे ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका ६८८८ नम्बरको मोटरसाइकलका चालक महावीर साह कानुको उपचारका क्रममा नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते भएका कानुकी १३ वर्षीया नातिनी प्रियाशुं र अर्का मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ माघ २०७९, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु