काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिका–५ मा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
टेटाबाट सिम्रौनगढ बजारतर्फ जाँदै गरेको ना१प ६८८८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना १८ प ५१४१ नम्बरको मोटरसाइकल हिजो साँझ करिब ६ बजे ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका ६८८८ नम्बरको मोटरसाइकलका चालक महावीर साह कानुको उपचारका क्रममा नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते भएका कानुकी १३ वर्षीया नातिनी प्रियाशुं र अर्का मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ माघ २०७९, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु