काठमाडौं र गोरखामा दुई जना मृत अवस्थामा फेला

सफल खबर संवाददाता

विहीबार, २६ माघ २०७९, २१ : ३५
काठमाडौं र गोरखामा दुई जना मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं र गोरखामा दुई जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार  बुढानिलकण्ठ नगरपालिका-१० कपन शान्तीटोल डेरा गरी बस्ने ओखलढुंगा चम्पादेवी गाउँपालिका-८ घर भएका २४ वर्षीय होम बहादुर गरुङ आफ्नै कोठामा सुतेकै अवस्थामा बिहीबार मृत फेला परेका छन् ।
    
यसैगरी गोरखाको भिमसेन थापा गाउँपालिका-१ मसेल बस्ने ४९ वर्षीय सुक बहादुर सार्की आफ्नो घरको पिढीमा रहेको खाटमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।  यस सम्बन्धमा प्रहरीले अवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस