चितवन प्रहरी प्रमुखको कमाण्ड कार्कीले सम्हाले

सफल खबर संवाददाता

विहीबार, २६ माघ २०७९, १६ : ३२
चितवन प्रहरी प्रमुखको कमाण्ड कार्कीले सम्हाले

भरतपुर । चितवन प्रहरी प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक ९एसपी० रामेश्वर कार्कीले सम्हालेका छन् । बिहीबार प्रहरी उपरीक्षक कार्की जिल्ला प्रहरी कार्यालय चितवनमा हाजिर भएका छन् ।

देशको केन्द्र भागमा रहेको चितवनलाई सुरक्षाको दृष्टिकोणबाट समदेनशिल मानिन्छ । विभिन्न स्थानमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका कार्की अब्बल प्रहरी अधिकृत मानिन्छन् । उनी विशेष सुरक्षा गण सुनवलबाट सरुवा भएर चितवन प्रहरी प्रमुखका रुपमा आएका हुन् ।

यसअघि चितवनको प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक नवराज अधिकारीले १ वर्ष जिल्लाको कमाण्ड सम्हालेका थिए । अधिकारी केन्द्रीय अनुसन्धान ब्युरोमा सुरुवा भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस