राष्ट्रपति भण्डारीले गरिन् षडानन्द र योगमायाको सालिक अनावरण

रासस

बुधबार, २५ माघ २०७९, २० : २१
राष्ट्रपति भण्डारीले गरिन् षडानन्द र योगमायाको सालिक अनावरण

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बालगुरु षडानन्द अधिकारी र क्रान्तियोद्धा योगमायाको सालिक अनावरण गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आज षडानन्दको जन्म भएको ठाउँमा राखिएको सालिक र योगमायाको तपोभूमि साल्पासिलिछो–१ गौडेनीमा राखिएको योगमायाको सालिक अनावरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले दिङ्लामा रहेको राम–सीता मन्दिरको दर्शन, षडानन्द वेद विद्याश्रमको अवलोकन, कैलाश डाँडाको आवलोकन, षडानन्द माध्यमिक विद्यालय र अरुण माध्यमिक विद्यालयको अवलोकन गरिन् ।

षडानन्द नगरपालिका–१ मझुवाबेसीमा निर्माण हुन लागेको योगमाया पार्कको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलान्याससमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस