काठमाडौं । सूर्यबिनायक नगरपालिका –९ पलासेस्थित सडकमा प्रदेश २–००१ च ०४११ नम्बरको गाडीले लु.८८ प ६२०८ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काभ्रे बनेपा नगरपालिका–७ बस्ने १९ वर्षीय आयुष न्यौपानेको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बा.२ ख ६६६९ नम्बरको बसलाई ओभरटेक गर्नेक्रममा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले बस र गाडी चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ माघ २०७९, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु