यस्तो रहनेछ आज दिनभरको मौसम

सफल खबर संवाददाता

मंगलबार, २४ माघ २०७९, ०७ : १८
यस्तो रहनेछ आज दिनभरको मौसम

काठमाडौं । आज केही प्रदेशमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पुवानुमान महाशाखाले जनाएको छ । विभिन्न प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना रहेको हो ।

आज बिहान भने देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागमा अहिले हुस्सु/कुहिरो लागिरहेको छ ।

मशाहाखका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१, वाग्मती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको जनाएको छ ।

त्यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाले प्रदेश–१, वाग्मती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका भू–भागमा बिहानीपख हुस्सु लागेकाले दैनिक जनजीवनमा सामान्य प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस