साढे ७८ लाखसहित हुन्डी कारोबारी पक्राउ

सफल खबर संवाददाता

आइतबार, २२ माघ २०७९, १९ : ५७
साढे ७८ लाखसहित हुन्डी कारोबारी पक्राउ

काठमाडौं। प्रहरीले काठमाडौं न्‍यूरोड क्षेत्रबाट ७८ लाख ५० हजार रुपैयाँसहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानरपालिका-९ घर भई हाल विजुली बजार बस्‍ने २३ वर्षीय किशोर चौधरी र कैलालीको गोदावरी नगरपालिका-१० घर भई हाल विजुलीबजार १० बस्‍ने ५९ वर्षीय दिपेन्द्रबहादुर मल्ल रहेका छन् ।

काठमाडौं न्‍यूरोड एरियामा विभिन्‍न व्‍यक्तिहरुले नेपाल राष्ट्र बैंकले आदेशविपरीत हुण्डीको कारोबार भइरहेको भन्‍ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमध्‍ये दिपेन्द्र मल्लले विगत ५ वर्षदेखि र किशोर चौधरीले विगत ४ महिनादेखि न्‍युरोड क्षेत्रमा विभिन्न व्‍यक्तिहरुबाट हुण्डीको रकम संकलन गर्ने र बैंकमा डिपोजिट गर्दै आएको रहस्य खुलेको छ ।

प्रतिक्रिया दिनुहोस