पाल्पा । पाल्पामा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।
शनिबार बिहान सवा ९ बजे बगनासकाली गाउँपालिका(९ गुनठाँटीस्थित तानसेन(दर्लामाडाँडा भित्री पक्की सडकखण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।
स्कुटरमा सवार तानसेन नगरपालिका(१३ बस्ने १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मिना थापा मिधुनको मृत्यु भएको हो।
लु २ त ९८८४ नम्बरको ट्याक्टरले लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। ठक्करबाट स्कुटरमा सवार उनीहरू दुई जना गम्भीर घाइते भएका थिए।
घाइते रहेका उनीहरूको उपचारको लागि जिल्ला अस्पताल पाल्पा पठाइएको थियो। चिकित्सकले साढे १० बजे उनीहरूलाई मृत घोषणा गरेका थिए। प्रहरीले ट्याक्टर चालक धादिङ रोराङ गाउँपालिका(९ बस्ने ३३ वर्षीय हरिलाल चेपाङलाई पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ माघ २०७९, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु