काठमाडौ । पार्किङ गरेर राखिएको मालबाहक ट्रकमा पछाडिबाट आएको अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
झापाको शिवसताक्षी नगरपालिका-१ अन्तर्गत पूर्व-पश्चिम राजमार्गमा गएराति दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
च्यापिएको अवस्थामा रहेका उनीहरूको शव निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।प्रहरीका अनुसार उद्धारका लागि तीन वटा जेसिबी परिचालन गरिएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका दुई वटा मालवाहक ट्रकमध्ये ना ५ ख ८३११ मा रड लोड भएको थियो। यो ट्रक ना ६ ख ८८९५ पार्किङ गरिएको ट्रक भन्दा पछाडि आउँदै थियो।
रातीको समयमा बाक्लो हुस्सुका कारण बाटो प्रष्ट नदेखिँदा पार्किङ गरिएको ट्रकमा पछाडिबाट आउदै गरेको अर्को ट्रक ठोकिएको स्थानीयवासीले बताएका छन्।
प्रहरीकाअनुसार रड लोड भएको ट्रकका चालक र सह-चालकको मृत्यु भएको हो। उनीहरूको पहिचान खुल्न सकेको छैन।
सिमेन्टको कच्चा पदार्थ बोकेको ट्रक इन्धन सकिएर सडकमा पार्किङ गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० माघ २०७९, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु