काभ्रेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १९ माघ २०७९, १८ : ४२
काभ्रेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । काभ्रेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका-७ भकुण्डेबेँसीस्थित २० किलोमा बा२ख ७३४२ नम्बरको रेम्बो यातायातको बसले बालिकालाई ठक्कर दिएको हो ।

बिहीबार दिउँसो साढे ३ बजे बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बसले ठक्कर दिएपछि चालक घटनास्थलबाट भागेका थिए । 

चालक भागेपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस