चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को ६ महिनामा कर सङ्कलनमा कमी आएको प्रति भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले असन्तुष्टि व्यक्त गरेकी छन् । बिहीबार भरतपुर महानगरपालिका सभाहलमा भएको आर्थिक वर्ष ०७९/०८० सालको कर अभियानको उद्घाटन गर्दै मेयर दाहालले राजस्व सङ्कलनमा देखिएको कमीप्रति चिन्ता पनि व्यक्त गरेकी हुन् ।
भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षको लागि रु १ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा लक्ष्यको २७ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । महानगरपालिका हुनलाई न्यूनतम रु १ अर्ब आन्तरिक आम्दानी हुनुपर्ने कानुनी प्रावधान छ । महानगरपालिको आन्तरिक आम्दानी हेर्दा भरतपुरको विकास निर्माणका लागि केन्द्र र प्रदेश सरकारको भर पर्नुपर्ने अवस्था छ । महानगरपालिकाले आफ्नो आन्तरिक आम्दानी कमी भए पनि केन्द्र र प्रदेश सरकारको सहयोगमा अर्बौँका आयोजनाहरू सञ्चालन गर्दै आएको छ ।
महानगरपालिका प्रमुख दाहालले राजस्व सङ्कलनको अवस्था हेर्दा न्यूनतम रु १ अर्ब संकलन हुनेमा समेत आशङ्का व्यक्त गरिन् । भरतपुरको राजस्व सङ्कलनको अवस्था निकै टिठ लाग्दो रहेको उनले बताइन् । करको दायारलाई फराकिलो पार्दै अभियानलाई तीव्र रूपमा अगाडि बढाएर महानगरको लक्ष्य पुरा गर्न राजस्व महाशाखालाई निर्देशनसमेत दिइन् । कर अभियानलाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गरिन् । भरतपुरको सबैभन्दा बढी कर उठ्ने घरवाहाल करलाई थप प्रभावकारी बनाइने उनको भनाई थियो । अघिल्लो आर्थिक वर्षमा मालपोत कार्यालय भरतपुरबाट रु ७७ करोड प्राप्त भएको थियो । भने चालु आर्थिकको ६ महिनामा करिब रु ७ करोड मात्र प्राप्त भएको छ ।
यसैबीच कर अभियान कार्यक्रममा राजस्व महाशाखा प्रमुख विसुराम कुँवरले आफ्नो घरको घरबहाल कर तिरेर अभियानको उद्घाटन गरिएको छ । घर बहाल करको रसिद महानगर प्रमुख दाहालले महाशाखा प्रमुख कुँवरलाई हस्तान्तरण गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ माघ २०७९, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना