कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

विहीबार, १९ माघ २०७९, ०७ : २४
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडाैँ ।हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

आज देशका तराईका केही भू-भागहरूमा हल्का हुस्सु लागेको छ ।तराईका भू-भागहरुमा बिहानीपख लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, राती प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस