काठमाडौं । सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो । ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालहरुले सास्ती व्यहोर्नुपरेको छ ।
सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा समेत सरकार बेखबर छ । हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनैपनि पहल नगरेको देख्न सकिन्छ ।
पूर्वी गेट वरपरका स्थानीयहरु पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबन्दी जुम्लामा, काज सिंहदरबारमा !
बालेनका लागि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्ष तयारी पूरा
नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
सिंहदरबारमा कति सवारी साधन जले ? (सूचीसहित)
आगजनी, तोडफोड र लुटपाटपछि सिंहदरबारलाई पुनः लयमा फर्काइँदै
सिंहदरबारका डिजिटल डाटा नष्ट नभएको दाबी