ललितपुर । ललितपुरको सातदोबाटो नजिक गएराति कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्सीमा सवार सरोजकुमार विक र कारमा सवार धनबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा परी दुवै सवारी साधनमा सवार छ यात्रु घाइते भएको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए।
कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ४ च १ नम्बरको कार ठोक्किँदा घाइते भएका यात्रुको बिएण्डबी अस्तापलमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु, १५ घाइते
दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
रसुवामा कन्टेनर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु
पर्वतमा बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु