काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन्। सोमबार बिहान धुम्बाराहीस्थित देउवा निवास पुगेर उनले सभापति देउवासँग भेटवार्ता गरेकी हुन्।
भेटवार्तामा द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास तथा सुशासनमा सहयोग अझ सुदृढ बनाउने उपायबारे छलफल भएको देउवाको प्रमुख स्वकीय सचिव भानु देउवाले बताए । उनका अनुसार देउवाले अमेरिकाबाट नेपाललाई निरन्तर सहयोगका लागि धन्यवाद समेत दिएका थिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापति देउवाले नै विशेष महाधिवेशनको उद्घाटन गर्ने गगन-विश्व पक्षको विश्वास
वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउँछ : सभापति देउवा
‘अहिलेको परिवर्तनमा स्व चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान छ’: सभापति देउवा
‘निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्याएको छ’: सभापति देउवा
शिक्षकको जायज माग पूरा गरौं : देउवा