भ्रष्टाचार एक अजिबको प्राणघातक भाइरस : उप प्रमुख अधिकारी

सफल खबर संवाददाता

सोमबार, १६ माघ २०७९, ११ : ४६
भ्रष्टाचार एक अजिबको प्राणघातक भाइरस : उप प्रमुख अधिकारी

चितवन । भ्रष्टाचार विरुद्ध अभियान नेपाल चितवनले भरतपुर महानगरपालिकाको समन्वय तथा सहयोगमा भ्रष्टाचार विरुद्ध सहयोगी समूहहरु बिच कार्य प्रगति समिक्षा एवं भावी कार्यक्रम तर्जुमा गोष्ठी आयोजना गरेको छ । सोमबार भरतपुरमा आयोजना गरिएको गोष्ठीमा भरतपुर महानगरपालिका भित्र रहेका सबै सरकारी तथा गैरसरकारी निकायहरुलाइ कसरी भ्रष्टाचार मुक्त बनाउन सकिन्छ भनेर बृहत छलफल भएको छ । 

गोष्ठीलाई समुद्वघाटन गर्दै भरतपुर महानगरका नगर उप प्रमुख चित्रसेन अधिकारीले भ्रष्टाचार एक अजिबको प्राणघातक भाइरस भएको बताए। भ्रष्टाचार भन्ने भाइरस तपाई हाम्रो अघिपछि चारैतिर फैलिरहेको छ उप प्रमुख अधिकारीले भन्नू भयो, त्यसको लागि हामी एन्टिभाइरसको रुपमा प्रस्तुत हुन जरुरी छ । 

तपाइँ हामी बाटै भ्रष्टाचार शुरु भएको हुँदा अब तपाई हामी बाटै यसको अन्त्य हुन पनि जरुरी रहेको प्रष्ट पार्दै उनले सबै क्षेत्रमा निगरानी राख्न सके मात्रै भ्रष्टाचार न्यूनीकरण हुने पनि बताए  । भ्रष्टाचार भन्ने शब्दलाई बोलिमा मात्रै नभएर ब्यबहारमा उतार्न सकेको खण्डमा भ्रष्टाचार न्यूनीकरण हुनेमा आफू बिश्वस्त रहेको उप प्रमुखको भनाइ छ। 

सरकारी तथा गैरसरकारी निकायहरुमा भएका कामका प्रगतिका बारेमा प्रश्न मात्रै उठाउन सकियो भने पनि भ्रष्टाचार न्यूनीकरण हुनेमा कुनै शका नरहने उप प्रमुखको टिप्पणी रहेको छ । आर्थिक चलखेलमा मात्रै नभइ हरेक गतिविधिमा समेत भ्रष्टाचार हुने गरेको उहाँको तर्क थियोे । कुनै एकको प्रयासबाट मात्रै भ्रष्टाचार रोक्न नसकिने वस्तुस्थिति रहेकाले राज्यका सबै अङ्ग लक्ष्योन्मुख हुनु जरुरी छ ।

गोष्ठीमा अधिबक्ता इन्दु कोइरालाले सुचनाको हकका सम्बन्धमा प्रकाश पारेकी थिइन् । कोइरालाले स साना सुचनाहरुलाइ लुकाउदा र राज्यलाइ समयमै आफू सग भएका सुचनाहरु नदिदा समाजमा भ्रष्टाचार बढ्दै गएको तितो यथार्थता रहेको प्रष्ट समेत पारिन्। 

गोष्ठीमा भावी कार्यक्रम,जिल्लाबाट अपेक्षा गरिएका कार्यक्रमहरुको बारेमा पनि छलफल भएको छ। भरतपुर महानगरमा २९ वटै वडामा भ्रष्टाचार विरुद्ध सहयोगी समूहहरु गठन भइ तिब्र रुपमा काम भइरहेको छ । गोष्ठीमा प्रत्येक वडा बाट सयोजक तथा सदस्य गरि ५८ जना उपस्थित भएका छन। 

गोष्ठीमा वडा न ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, संस्थाका सह सचिब शर्मिला पण्डित,सहयोगी समूह भरतपुर वडा न १ का सयोजक उद्वव कुमार पिया,वडा न ३ का निबर्तमान सयोजक तारा मित्र पण्डित लगाएतले मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस