काठमाडौं । काठमाडौ, महानगरपालिका-९ सिनामंलगस्थित बाल्टिन होटलबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय केदार खड्का समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ५० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-९ बिजयचोकबाट तास खेलिरहेको अवस्थामा काठमाडौं कपन बस्ने अछाम साफे नगरपालिका-४ घर भएका ४० वर्षीय निरज शर्मा समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँमा कोठा भाडा लिई निरज शर्माले जुवातास खेलाइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी बृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८९ हजार ४ सय ८० रुपैयाँ र २ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ माघ २०७९, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ