एजेन्सी । इरानको मध्य भागमा रहेको एउटा सैनिक इलाकामा विस्फोट भएको छ ।
इरानका सरकारी सञ्चार माध्यमका अनुसार इस्फहान शहरमा रहेको सेनाको हतियार निर्माण गर्ने एउटा केन्द्रमा विस्फोट भएको हो ।
रक्षा मन्त्रालयले भने मानवरहित ड्रोनबाट यो हमला भएको भन्दै यसलाई ‘नाकाम हमला’ भनेको छ ।
रक्षा मन्त्रालयका अनुसार तीन वटा ड्रोनबाट आक्रमण भएको थियो । जसमध्येका दुई वटा ड्रोनलाई एअर डिफेन्स सिस्टमले ध्वस्त गरिदिएको छ भने दुई वटा ड्रोनलाई इराकी सुरक्षा अधिकारीले आफ्नो जालमा फसाएर ध्वस्त पारेका छन् ।
रक्षा मन्त्रालयले यसबाट एउटा वर्कसपको छतमा सामान्य क्षति पुगेको र कुनै पनि जनधनको क्षति भएको छैन । परमाणु कार्यक्रम सञ्चालित इस्फहान शहरमा युरेनियम प्रशोधन केन्द्रसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १५ माघ २०७९, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान