काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रूपैयाँ बढेको छ । गत शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा ६ सय रूपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७ सय रूपैयाँ थियो । जुन, ६ सय रूपैयाँले बढ्दै हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ८ सय रूपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ३ सय रूपैयाँ कायम छ ।
यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान नै कायम गर्यो ।नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९ सय रूपैयाँसम्म पुगेर फर्किएको छ । यही साताको बिहीबार नेपाली बजारमा सुनले उक्त मूल्य कायम गरेको हो ।
यस्तै, यो साता चाँदीको मूल्यमा समेत सामान्य वृद्धि भएको छ । सातामा चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेर १ हजार ३ सय ८० रूपैयाँ कायम भएको छ । जुन, गत साताको शुक्रबार तोलाको १ हजार ३ सय ७५ रूपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ माघ २०७९, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा भारी वृद्धि, बन्यो नयाँ रेकर्ड
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर