रवि र निकिताको विवाह पनि कानूनी रुपमा बदर

सफल खबर संवाददाता

शनिबार, १४ माघ २०७९, १२ : ३९
रवि र निकिताको विवाह पनि कानूनी रुपमा बदर

काठमाडौं । नागरिकता विवाद मुद्धामा दोषी ठहरिएका रवि लामिछानेको विवाह दर्ता पनि कानूनी रुपमा बदर भएको छ । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलामा रवि दोषी ठहरिए सँगै श्रीमती निकिता पौडेलसँगको विवाह पनि बदर गरिदिएको हो ।

रवि र निकिताले पुरानो नागरिकताको आधारमा ‘कोर्ट म्यारिज’ गरेका थिए ।अभिलेख अनुसार रवि र निकिताबिच २०७७ साल माघ ८ गते काठमाडौँ जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ भएको थियो।

कानूनी रुपमा नभएपनि सामाजिक र सांस्कृतिक हिसावले भने उनीहरु श्रीमान श्रीमती हुन सक्छन् ।वैधानिक रुपमा पुन: श्रीमान-श्रीमती बन्नका लागि भने अब आधिकारिक नागरिकता लिएपछि पुन: विवाह दार्ता गर्नुपर्नेछ ।

शुक्रबारको फैसलामा रविले अमेरिकी नागरिकता परित्याग गर्दा गृहमन्त्रालयमा जानकारी नगरिएको र विदेशी नागरिकता लिँदा स्वत: नेपाली नागरिकता सक्रिय हुने तर्कसहित नेपालमै रहँदै आएका थिए ।

कानून अनुसार विदेशी नागरिकता परित्याग गरेको अवस्थामा उक्त विषय गृहमन्त्रालयमा जानकारी गराउनु पर्ने र पुन: नागरिकता लिनका लागि निवेदन दिनुपर्ने व्यवस्था उल्लेख छ ।

शुक्रबारको सर्वोच्चको आदेशसँगै रविको उपप्रधान तथा गृहमन्त्री, सांसद, पार्टी सभापतिसहितको पदबाट मुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस