लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि मनोनयन दर्ता आज

सफल खबर संवाददाता

बुधबार, ११ माघ २०७९, ०७ : ३१
लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि मनोनयन दर्ता आज

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि आज मनोनयन दर्ता गरिने भएको छ।

सत्तारूढ दलबाट राेल्पा निवासी एमालेकाकुमार दसौदीले मनोनयन दर्ता गर्ने र नेपाली कांग्रेसबाट मनोनयन दर्ता गर्ने उम्मेदवारको आज बपहान नाम टुंगो लाग्ने भएको छ।माघ २५ गते राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदानको कार्यतालिका सार्वजनिक भएको छ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य बनेका रुपन्देही निवासी खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका थि । उनको पद रिक्त भएपछी उपनिर्वाचनबाट राष्ट्रिय सभा सदस्य चयन गर्न थालिएको छ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष गरी ३०५ जना मतदाता छन्। प्रदेशसभा सदस्यतर्फ ८७ र बाँकी स्थानीय अन्तरगत २१८ मतदाता रहेका छन।

माघ ११ गते आज उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका छ। माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ।

प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २-२ तथा राप्रपा र जनता प्रगतिशीलले १-१ स्थानमा जितेका छन्।

त्यसैगरी, ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४-४, जसपा, लोसपा र जनमतले ३-३, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १-१ र स्वतन्त्रबाट २ जनाले जितेका छन्।