काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक आज बस्दैछन् । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नालापानी युद्धमा सुवेदार दयाराम खड्काको योगदान सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष, विधायन व्यवस्थापन समितिका सभापति र इतिहासविद प्राध्यापक डाक्टर श्रीराम प्रसाद उपाध्यायलाई आमन्त्रण गरिएको छ ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ को बारेमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ माघ २०८२, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने
राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी
राष्ट्रियसभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान