काठमाडौ । गभर्नर महाप्रसाद अधिकारीले सरकारी स्वामित्वका बैंकहरु पनि मर्जरमा जान तयार हुनुपर्ने बताएका छन् ।
सोमबार राजधानीमा आयोजित राष्ट्रिय बाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले भने, 'राष्ट्र बैंकको पछिल्लो मर्जर नीतिले बैंकहरुको पुँजी निर्माण ठुलो काम गरेको छ ।
यसले बैंकहरुको संख्या मात्र घटाएको छैन, समग्र वित्तीय क्षेत्रकै सुशासन र क्षमता वृद्धिमा उल्लेखनीय काम गरेको छ ।'
मर्जर नीतिलाई थप जोड दिदै गभर्नर अधिकारीले भने, 'बैंक तथा वित्तीय संस्थाहरुको मर्जर नीति निरन्तर प्रक्रिया हो । आवश्यक परे सरकारी स्वामित्वका तीनवटै वाणिज्य बैंकहरु पनि मर्जरका लागि तयार हुनुपर्छु गभर्नरले भने ।
सोही अवसरमा गभर्नर अधिकारीले राष्ट्र बैंकले लिने हरेक नीति मुलुकको समग्र अर्थतन्त्रको विकास र वित्तीय व्यवस्थापनकै लागि नै हुने बताए ।
सोही अवसरमा गभर्नर अधिकारीले पछिल्लो समय मुलुकको आर्थिक स्थिति सहजातर्फ उन्मुख हुदै गएको बताउदै आयातमा लिइएको नियन्त्रणको नीति समेत खुकुलो गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० माघ २०७९, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगानीकर्ताहरूले सेयर बजार सुधार्न गभर्नरलाई भेटेर दिए ६ सुझाव
बैंकिङ क्षेत्र सुधार कार्यदलले गभर्नरलाई बुझायो प्रतिवेदन
अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाएको छौँ : गभर्नर पौडेल
गभर्नर पौडेलले घटाए नीतिगत दर, ४.५ प्रतिशत कायम
नेपाल राष्ट्र बैङ्कले गर्यो बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ